देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बडिगाडमा पहिलोपटक भिडियो एक्स–रे र इसीजी

देशान्तर

काठमाडौं – बागलुङको बडिगाड गाउँपालिकाले पहिलोपटक भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको छ।

गाउँपालिकाले सबै वडाका सर्वसाधारणलाई पायक पर्ने गरी ग्वालीचौर स्वास्थ्यचौकीमा भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको हो । यसअघि बडिगाडका कुनै पनि स्वास्थ्य संस्थामा यो सुविधा उपलब्ध थिएन । गाउँपालिकाले सःशुल्क फार्मेसी सेवासमेत सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए ।

“गर्भवतीका लागि भिडियो एक्सरे कै लागि टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छौँ”, भण्डारीले भने, “सःशुल्क फार्मेसीबाट सरकारी स्वास्थ्य संस्थामा पाइनेबाहेकका औषधि नजिकैबाट बिरामीले पाउने छन् ।” उनका अनुसार औषधिमा गाउँपालिकाले सहुलियत दिनेछ। छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा देखिने कुपोषणको समस्या समाधान तथा उपचारसमेत स्वास्थ्यचौकीबाट सुरु भएको भण्डारीले बताए।