देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जना प्रहरीसहित ३ घाइते

देशान्तर

काठमाडौँ – सर्लाहीको हरिवनमा शनिबार राति नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जना प्रहरीसहित ३ जना घाइते भएका छन् ।
हरिवन माछा बजारमा कौडी उठाउने विषयमा भएको विवादलाई राजनीतिक रंगदिंदा उनीहरुबीच झडप भएको हो । पछिल्लो समय हरिवनमा स–साना विषयलाई पनि राजनीतिक रंगदिंदा समय-समयमा तनावको स्थिति सिर्जना भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

झडपमा स्थानीय मनोज बैठा र नुरसबा खातुन घाइते भएका छन् । दुई पक्षबीच कुटाकुट हुँदा घाइते भएका उनीहरुको नमूना अस्पताल हरिवनमा उपचार चलिरहेको छ । त्यस्तै, झडपमा ढुंगा प्रहार हुँदा प्रहरी जवान कासिम मियाँ धोबी पनि घाइते भएका छन् ।

टाउकोमा चोट लागेर घाइते धोबी उपचार पश्चात डिस्चार्ज भइसक्नुभएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो हाटबजार लाग्दा माछा बजारमा कौडीबापत १ सय ५० रुपैयाँ उठाउनुपर्ने ठाउँमा ठेकेदारले २ सय रुपैयाँ उठाएको भन्दै त्यसैबाट विवाद सुरु भएको प्रहरीले जनाएको छ ।

हरिवनको माछा बजार यसअघि एमालेका कार्यकर्ताले ठेक्का लिएकोमा अहिले माओवादी कार्यकर्ताले नयाँ ठेक्का लिएका छन् ।