देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भरतपुरको मुहार फेर्न अहोरात्र खटिरहेका छौँ : रेनु दाहाल

देशान्तर

काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको मुहार फेर्न अहोरात्र दिन–रात खटिरहेको बताएकी छन् । आइतवार भरतपुर १७ मा रहेको धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तिको अनावरण गर्दै मेयर दाहालले भरतपुरको नागरिकको मुहारमा खुसी ल्याउने गरी अहोरात्र खटिरहेको उल्लेख गरेकी हुन् ।

मेयर दाहालले विगत पाँच वर्षमा पूरा हुन नसकेको अधुरा कामलाई निरन्तरता दिँदै नागरिकको इच्छा र चाहनालाई सम्बोधन गर्दै अबको पाँच वर्ष अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्। भरतपुरलाई नेपालकै नमुना महानगरका रूपमा स्थापित गर्न यहाँ आवश्यक पूर्वाधार निर्माण भइरहेकाले सुन्दर र सु–संस्कृति सहरका रूपमा परिचित हुने क्रममा रहेको उनको भनाइ थियो । भरतपुरमा निर्माण भइरहेका पूर्वाधार निर्माण सम्पन्न हुदाँ देशभरबाट हेर्न आउने सहर बन्ने मेयर दाहालले बताइन् ।

‘भरतपुर महानगरले सबै क्षेत्रलाई समेटेकै छ’, उनले भनिन्, ‘जनताको हेरक सुख दुःखमा स्थानीय सरकार साथमा छ । महानगरवासीको इच्छा र चाहानाअनुसार विकासको कामलाई अगाडि बढाएको छौँ । धेरै काम गर्न बाँकी छ । पाँच वर्षमा धेरै काम गर्न सकिन्छ ।’

सडक पूर्वाधार, भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा उल्लेख्य विकास भएकाले अब नागरिकलाई कसरी खुसी बनाउन सकिन्छ भन्नेतर्फ महानगरपालिकाले ध्यान केन्द्रित गरेको मेयर दाहालको भनाइ थियो । सबै धर्म, क्षेत्र, वर्गलाई भरतपुर महानगरपालिकाले समान दृष्टिकोणबाट प्रवर्द्धन गर्ने नीति लिएको उनले स्पष्ट पारिन् ।