देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एउटै घोषणा पत्रमा चुनाव प्रचण्ड-माधव सहमत, पार्टी एकता चुनावपछि

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले आगमी निर्वाचनका लागि एउटै घोषणा पत्र बनाउने भएका छन् ।

दुवै पार्टीका अध्यक्षको सोमबार भएको छलफलमा एउटै घोषणा पत्र लिएर चुनावमा सहभागि हुने सहमति भएको हो । दुई पार्टीले निर्वाचन अघि एकता संयोजन समिति घोषणा गर्ने भएका छन् । चुनावअघि पार्टी एकताका लागि समय नपुग्ने भएकाले एकता संयोजन समिति घोषणा गर्ने तयारी भइरहेको माओवादीका एक नेताले बताए ।

छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगमी ४ मंसिरमा हुँदै छ ।