देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ६५८ जनामा कोरोना सक्रमण, १ जनाको मृत्यु

देशान्तर

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४३ जनाको नमूना परीक्षण गरिएको थियो ।

३ हजार ३ सय ८१ जनाको पीसीआर र ३ हजार २ सय ६२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ४ सय ५६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।