काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट बाँडफाँटबारे छलफल गरेको तर बिना निष्कर्ष टुंगिएको हाे ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक निष्कर्षको नजिकमा पुगेको र मंगलबार २ बजे फेरि बस्ने जानकारी दिए । उनले सिट बाँडफाँट र त्यसपछिको अवस्थाकै बारेमा बैठक केन्द्रित भएको बताए ।





प्रतिक्रिया