देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

देशान्तर

काठमाडौं – आसन्न निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ ।

कृष्ण प्रसाद सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरु बैठक बस्न लागेका हुन् । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको कार्य दलका एक सदस्यले जानकारी दिए ।

भदौ पहिलो साताभित्र सिट बाँडफाँट गरिसक्ने शीर्ष नेताहरुको तयारी छ ।

गठबन्धनका नेताहरुले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेका थिए ।
२० साउनमा गठन भएको कार्यदललाई साउन मसान्तसम्मको समयसीमा दिइए पनि कार्यदलले सो अवधिमा काम पूरा गर्न सकेन । कार्यदलले उक्त काम शीर्ष नेताहरुलाई नै सुम्पिएको छ ।