देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बनेपामा बसमा ढुङ्गा हान्ने बन्दकर्तालाई कुटपिट, अनुसन्धान हुँदै

देशान्तर

काठमाडौँ – काभ्रेको बनेपामा बसमा ढुङ्गा हान्ने पल राउत पक्राउ परेका छन् ।

बिहान बसमा ढुङ्गा हानेपछि कालीकोटको नरहरिनाथ नगरपालिकाका राउतलाई बसका चालक सहचालकले कुटपिट गरेका थिए ।

बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुङ्गा हाने आक्रोशित चालक र सहचालकसँगै त्यही जम्मा भएको स्थानीय बासिन्दाले घेरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिए ।

एसपी जोशीका अनुसार थप अनुसन्धानका लागि अहिले राउतलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीसहित काभ्रेमा बन्द गराउँदै हिँड्ने आठ जना पक्राउ परेका पनि जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिए ।