देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसका पूर्व महामन्त्री सिटौलालाई कोरोना संक्रमण

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा केही समस्या देखिएपछि मंगलबार साँझ ह्याम्प अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उहाँमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

सत्ता गठबन्धनको चुनावी तालमेल तथा सिट बाँडफाँटको लागि गठन गरेको कार्यदलको संयोजक समेत रहनु भएका सिटौला हाल होम आइसोलेसनमा बसेका छन्।

अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।