देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शिक्षण अस्पतालबाट भागेका कैदी लुभुबाट पक्राउ

देशान्तर

काठमाडौं – काठमाडौंको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

आँखाको उपचारका लागि बुधबार अस्पताल पुगेका भोला बुढाथोकी हतकडीसहित भागेका थिए । उनलाई ललितपुरको लुभुबाट आज बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ परेका बुढाथोकीलाई जावलाखेलमा राखिएको छ । रामेछापको पिल्पुङ्ग गाउँपालिका–२ घर भएका ३१ वर्षका बुढाथोकी नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा छन् ।

उनलाई बुधबार उपचारका लागि त्रि। वि शिक्षण अस्पतालमा लगिएको थियो । कैदी फरार भएलगत्तै अध्ययन गर्न छानबिन समिति गठन भएको छ । प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

उनी रहेको अनाश्रित कारागार गुल्म नख्खुका कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइएको र कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई पनि निलम्बन गरिएको छ ।