देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन गरौँ : सभामुख भण्डारी

देशान्तर

काठमाडौं – प्रदेश १का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापनमा जुट्नुपर्ने बताएका छन् ।

बिहीबार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन् । उनले मानवनिर्मित प्रकोपलाई न्युनिकरण गर्न इमान्दारितापूर्वक लाग्नुपर्नेमा जोड दिए ।

सभामुख भण्डारीले प्रदेश १ विपद्का हिसावमा जोखिमयुक्त रहेको भन्दै वर्षैपिच्छे हुने विपद्लाई न्युनिकरण र व्यवस्थापन गर्न सक्रियतापूर्वक लाग्नुपर्ने बताए । उनले इमान्दारितापूर्वक कर्तव्य पूरा गरे धेरै समस्याको समाधान हुने बताए । उनले प्राकृतिक प्रकोपमा दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न नसकेको बताए ।

सभामुख भण्डारीले नराम्रो कामको संरक्षण गर्ने प्रवृत्तिले समस्या सिर्जना भइरहेको भन्दै विपद्का घटना हुन नदिन बेलैमा पूर्व तयारीका साथ अघि बढ्नुपर्ने बताए ।

उनले नागरिक लाभान्वित हुने गरेर कानूनको कार्यान्वयनमा सबै प्रतिवद्ध हुन आवश्यक रहेको बताए ।