देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादीले कर्णालीका दुई मन्त्रीलाई फिर्ता बोलायो

देशान्तर

काठमाडौँ – माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ ।

माओवादीले अब जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ । माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले भनिन्, ‘मन्त्रीका लागि नाम सिफारिस गरेका छौं । एकाध दिनमा सरकारमा सहभागी हुनुहुन्छ ।’

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन्, जसमध्ये ९ जना मन्त्री भइसकेका छन् ।

कृष्णा शाह र रातो कामीलाई पनि पालो पु¥याउन लागिएको एक नेताले बताए ।