देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंका ३२ वडामै भूमिगत पार्किङको अनुगमन हुने

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङमा अवैध रुपमा चलिरहेका पसलहरुको अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरुलाई दिएको छ ।

वडा कार्यालयहरुले अनुगमन गरेर रिपोर्ट दिने र हटाउनका लागि सूचित समेत गर्ने गरी महानरले योजना बनाएको हो ।

अहिले काठमाडौंको सीमित क्षेत्रमा मात्रै चलिरहेको यस्तो अभियानलाई ३२ वटै वडासम्म विस्तार गर्ने गरी अनुगमन थाल्न महानगरका मेयर बालेन साहले वडाध्यक्षहरुलाई भनेका छन् ।

महानगरका एक अधिकारीका अनुसार वडा कार्यालयले दिएको रिपोर्टअनुसार अवैध संरचना र भूमिगत पार्किङमा चलेका पसलहरु हटाउने महानगरको तयारी छ ।

‘काठमाडौंमा करिब २८६ वटा भूमिगत पार्किङका लागि नम्सा पास भएका भवनहरु छन्,’ ती महानगरका एक अधिकारीले भने,’ती भवनहरुबारे वडाले अवस्था हरेर विवरण संकलन गर्ने र त्यसअनुसार कारवाही गर्ने गरी निर्देशन भएको छ ।’

वडा कार्यालयहरुलाई पनि यसमा जिम्म्ेवार बनाउने गरी योजना बनेको हो । कतिपय वडाध्यक्षले आफूहरुलाई जानकारी नदिई डोजर चलाएको आपत्ति जनाएका थिए ।