देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झाँक्री भन्छिन्- मेराे समर्थन मेयर बालेनलाई

देशान्तर

काठमाडाैं – नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न भनेकी छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा नेतृ झाँक्रीले मेराे समर्थन मेयर बालेनलाई भन्दै ९ बुँदे आग्रह जारी गरेकी हुन् । उनले मेयर शाहले आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी छन् । झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूची पनि प्रस्तुत गरेकी छन् ।