देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट हुनुपर्छ : नेता कोइराला 

देशान्तर

काठमाडाैं – नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा संघ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताए ।

उनले भने, ‘स्थानीय निकायको निर्वाचनमा पाएको संकेत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ ।’ कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उनको थियो। गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो । अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उनले गठबन्धनका दल सहमतिमा आउने बताए ।

निर्वाचनमा कांग्रेस होमिएको भन्दै उनले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गरे ।