देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हुप्सेकोटमा स्वास्थ्य शिविर

देशान्तर

काठमाडौं – निजामती सेवा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको हुप्सेकोटमा तीन दिने स्वास्थ्य शिविर सुरु भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारी अस्पतालको आयोजनामा सुरु भएको शिविरमा करिब पाँचहजार बिरामीले सेवा लिने जनाइएको छ।

शिविरमा निजामती कर्मचारी अस्पताल काठमाडौँ र भरतपुर अस्पताल चितवनका ५० बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिने निजामती कर्मचारी अस्पताल काठमाडौंका आर्थिक तथा प्रशासान विभाग प्रमुख कृष्ण सापकोटाले बताए।

सापकोटाका अनुसार शिविरमा स्त्री तथा प्रसूति, हाडजोर्नी, छाला, पेट, दन्त, नाक, कान, घाटी, मुटु तथा रेडियोलोजी सम्बन्धी सेवाहरु निःशुल्क उपल्बध हुनेछ । सो शिविरको प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका सचिव मधुुकुमार मरासिनीले शुक्रबार उदघाट्न गरे।