देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मिचाहा वर्गलाई कानून मिचेर मोटाउन नदिने : मेयर साह

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मिचाहा वर्गलाई कानून मिचेर मोटाइ रहन नदिने बताएका छन् ।

पछिल्लो समय महानगरभित्र बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिएका मेयर साहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् । अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन नदिने भन्दै उनले विज्ञप्तिमा आवश्यकता र औचित्यको आधारमा कार्यकारीणी शक्तिको प्रयोग गरेर विधिको शासन स्थापित गर्ने बताएका छन् ।

सकेसम्म मिचाहा प्रवृत्तिको रोकथाम गर्ने र रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरूपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प महानगरसँग खुला रहेको उनको भनाइ छ । अनाधिकृत निर्माण, अतिक्रमण तथा गलत प्रयोगलाई रोक्न अहिले महानगर रोकथाम तथा नियन्त्रण सम्बन्धी कारबाहीको चरणमा रहेको पनि उनले प्रष्ट पारेका छन् ।

अनाधिकृत संरचना हटाउन महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकारको प्रयोग गरेको उनको तर्क छ । अनाधिकृत निर्माण कार्य वा आफैंले गरेको कबुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको दायित्व भएको समेत जारी विज्ञप्तिमा भनिएको छ ।