देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा नेपालमा २०२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो चौबीस घण्टामा नेपालमा थप २०२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोना संक्रमनबाट १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ८ सय ३३ जनाको नमुना परीक्षण गर्दा २०२ जनामा कोरोना संक्रमण देखिएको हो । २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ जनामा र १ हजार ७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४६२ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ३ हजार ३१३ पुगेको छ ।