देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तनहुँ क्षेत्र नम्बर एकका दुवै प्रदेशमा दिपक भट्टराईको दावी

देशान्तर

काठमाडौं – नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री तथा युवा नेता दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने भएका छन् । उनले प्रदेशसभा सदस्यबाट चुनाव लड्नका लागि पार्टीको क्षेत्रिय समिति समक्ष आवेदन बुझाएका छन् ।

उनले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा दुवै प्रदेशमा उमेदवार हुने दावी पेश गरेका छन्। पार्टीभित्र मेहनत र परिश्रमले राजनीतिक उचाइतर्फ लम्किरहेका नेताका रुपमा भट्टराईलाई लिइन्छ।

जुझारु नेता भट्टराई नेविसंघको महामन्त्री, महाधिवेशन प्रतिनिधिको हैंसियतमा लगनशिलता कार्यकुशलता, इमान्दारपूर्वक गरेकाले जिल्लामा सबैले उनको उम्मेदवारीलाई स्वभाविक रुपमा समेत लिएका छन्। यसै पृष्ठभूमिका कारण प्रदेशको निर्वाचनमा पार्टीको तर्फबाट सबैभन्दा लोकप्रिय नेताका रुपमा भट्टराईलाई हेरिएको छ।

भट्टराई विद्यालय जीवनदेखि नेविसंघमा आवद्ध भई सक्रिय राजनीतिमा होमिएका थिए। उनी मात्रै होइन भट्टराई परिवारको तीन पुस्ता नै तनहुँको राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील छ। हजुरबुबा बलराम भट्टराई शास्त्री तनहुँ जिल्लामै शास्त्री (स्नातक) गर्ने पहिलो व्यक्ति थिए । जिल्लामा शास्त्री गर्ने पहिलो व्यक्ति भएकोले नै उनले नामको पछाडि भट्टराई शास्त्री लेख्थे । उनी २०२५ सालमा खुलेको दमौलीस्थित निर्मल माध्यमिक विद्यालयको संस्थापक प्रधानाध्यापक भएका थिए ।

व्यास नगरपालिका–११ फराकचौरमा वाराही माध्यामिक विद्यालय स्थापनामा समेत शास्त्रीको ठूलो योगदान थियो । शास्त्री तत्कालीन फराकचौर (दमौली) पञ्चायतको दुई पटक प्रधानपञ्च बनेका थिए। सरकारी सेवामा निर्वाचन आयुक्तको जिम्मेवारीबाट राजिनामा दिएर शास्त्री समाजसेवा प्रवेश गरेका थिए । उनकै कार्यकालमा दमौलीको बजारको नमुना डिजाइन र प्लानिङ गरिएको थियो । भट्टराईको बुबा श्रीराम भट्टराईको राजनीतिमा ठूलो योगदान छ।

बीपी कोइरालाको प्रेरणाले राजनीतिमा लागेका उनी राजद्रोह मुद्दमा २०२९ साल माघ २२ गतेबाट ठीक दुई वर्ष कास्की कारागारमा बसेका थिए । उनी एक वर्ष भूमिगत जीवन बिताएर नेपाल तरुण दलको जिल्ला सदस्य समेत बनेका थिए । उनले निर्मल माध्यमिक विद्यालयमा लामो समयसम्म शिक्षण समेत गरे । काँग्रेसको १४ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यको प्रत्यासी थिए ।

भट्टराईले त्रिचन्द्र क्याम्पसमा इकाई सदस्य बनेर आफ्नो राजनीतिक कर्मलाई अगाडि बढाएका थिए । २०५५ सालमा गगन थापा सभापति हुँदा सो क्याम्पसमा युनियन सहसचिव भएका थिए । त्रि–चन्द्र क्याम्पसमा नेविसंघले अन्याय गरी टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र भई लडेर २०६२ सालमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि २०५७ र २०६० नेविसङ्घको केन्द्रीय सदस्य भए । युवा नेता भट्टराई काँग्रेसको १३ औं र १४ औं महाधिवेशनमा तनहुँबाट भारी मतमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए ।

त्रिचन्द्र कलेजको सुधारदेखि, त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थी हकहितको पक्षमा उनले धेरै नीतिगत लडाइमा उनको योगदान छ । ‘हिजो व्यवस्था परिवर्तनको लगि लडें, अब अवस्था परिवर्तनको लागि लडेको छु’ भट्टराईले भने, ‘शिक्षा परिवर्तनको आधार हो, समृद्धिको आधार हो, शिक्षा नै विकासको मेरुदण्ड हो ।’ उनले युवाको भविष्यका लागि, मुलुकको समृद्धि, तनहुँको परिवर्तन र प्रगतिको लागि आफनो उम्मेदवारी भएको बताए ।

देशको नेतृत्व तनहुँले गर्नुपर्ने र तनहुँको नेता हाम्रो भिरपाखाको मात्रै हैन देशकै नेता बन्नुपर्ने भट्टराईको भनाइ छ । उनले ‘हामी हाम्रो भूगोलसँगै समग्र देशको विकास गछौं’ भन्दै भट्टराईले युवाको सोचले नै मुलुकको समृद्धिको आधार भएकोले राजनीतिक दल युवाको मनमुटुमा बस्न सक्नुपर्ने बताए ।

भट्टराई २०५२ सालको शिक्षा सेवा आयोगमा निमावि तहको नाम निकालेर पनि अन्तरवार्ता नदिइ राजनीतिमा होमिएका थिए। राजनीतिको माध्यमबाट देश परिवर्तन गर्न लागेको उनी बताउँछन् । भट्टराई हाल त्रिभुवन विश्वविद्यालयबाट द्वन्द्व व्यवस्थापन विषयमा विद्यावारिधि पीएचडी गर्दै छन् । उनले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।