देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाअभियोग सिफारिस समितिमा राणाको बयान सुरु

देशान्तर

काठमाडाैं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान लिन सुरु गरेको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक करिब डेढ घण्टा ढिला गरी सुरु भएसँगै राणाको बयान सुरु गरिएको हो । राणा ११ बजे नै सिंहदरबार पुगेका थिए ।

बयानका लागि आवश्यक मापदण्ड बनाउन थाल्दा ढिलाइ भएको समितिले जनाएको छ । समितिले उनीमाथि लागेका आरोपसँग सम्बन्धित जम्मा ६४ वटा प्रश्न सोध्ने तयारी गरेको छ ।

अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबन्डा खोजेको जस्ता आरोप लगाउँदै राणालाई सत्तारुढ दलले १ फागुनमा महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो।