देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा देशभर २७१ जनामा काराेना संक्रण, १ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालभर २७१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ९२० जनाको नमुना परीक्षण गर्दा २७१ जनामा कोरोना संक्रमण देखिएको हो । २ हजार ४८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जनामा र १ हजार ४३५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७५ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार १९४ रहेको छ ।