देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिम प्रदेशसभा : प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित

देशान्तर

काठमाडौं – सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश प्रहरी सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ।

विहीबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। यसअघि उक्त विधेयकमाथि भएको छलफलमा बलबहादुर सोडारी, देवकी मल्ल र महेशदत्त जोशीले भाग लिएका छन्।

विधेयक पारित भएसँगै प्रदेशमा शान्ति सुव्यवस्था तथा अमनचैन कायम गरी नागरिक सुरक्षा, मानवअधिकार संरक्षण, अपराध अनुसन्धान रोकथाम नियन्त्रणलगायतका कामलाई प्रभावकारीरूपले सञ्चालन गर्न सहज हुने भएको छ।

बैठकमा अर्थ विकास तथा प्राकृति स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले समितिमा छलफल भई तयार पारिएको सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेस गरेका थिए।