देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

देशान्तर

काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ। निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन।

पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उनले बताए। पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्। सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो।