काठमाडौं –विपी कोइराला, पुष्पलाल श्रेष्ठ र सूर्यप्रसाद प्रधानको स्मृतिमा बुटवलको देवीनगरमा पार्क बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले वडा नं ११ देवीनगरमा सो पार्क निर्माण गर्न लागेको हो ।
गत स्थानीय निर्वाचनबाट निर्वाचित भएर पदस्थापन गरेको सय दिन पूरा भएको अवसरमा शुक्रबार नगरप्रमुख खेलराज पाण्डेयले शुक्रबार सो पार्कको शिलान्याश गरे ।
कूल १७ कठ्ठा १४ धुरमा बन्ने पार्र्क सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने नगरप्रमुख पाण्डेयले बताए। प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपद्का समयमा हुनसक्ने जोखिमका लागि उपयोगी हुने गरी पार्क निर्माण गरिने भएकाले स्थानीयलाई लाभ पुग्ने बताए।
हालै बसेको कार्यपालिका बैठकले तीन नेताको स्मृतिमा पार्क निर्माण गर्ने निर्णय गरेको थियो । त्यसको लागि नगरपालिकाले रु ५० लाख बजेट विनियोजन गरेको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले जानकारी गराए।





प्रतिक्रिया