काठमाडौं – नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा डडेलधुरामा चुनावी गठबन्धन नगर्ने भएको छ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा कांग्रेस बलियो भएको भन्दै शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।
वैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा समेत जिल्लामा गठबन्धन नभएको हुनाले अगामी निर्वाचनमा पनि एक्लै लड्ने निर्णय गरिएको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ ।
समितिले डडेल्धुरामा मित्रवत् प्रतिस्पर्धा गर्न दिन प्रदेश र केन्द्रीय कमिटीलाई अनुरोध समेत गरेको छ ।





प्रतिक्रिया