देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चोलेन्द्रशम्शेर जबराको बयान सुरू

देशान्तर

काठमाडौं – महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान सुरु भएको छ ।

बयानका लागि जबरा तेस्रो दिन समितिमा उपस्थित भएका हुन् । सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, तर दुई दिनको बयानका क्रममा जम्मा ६ वटा प्रश्न मात्र सकिएको छ ।
जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए ।

त्यससँगै निलम्बनमा रहेका जबराले बयानका क्रममा महाअभियोग प्रस्ताव निरर्थक भएको बताएका छन् ।