देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सिट बाँडफाँटलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सत्तारूढ राजनीतिक पार्टीहरूको गठबन्धन बनाएर आसन्न निर्वाचनमा जाने सहमति भए बमोजिम कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठित कार्यदल सक्रिय भइरहेको समयमा शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो ।