देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्याङ्जामा आफ्नै श्रीमतीलाई मारेको आरोपमा श्रीमान पक्राउ

देशान्तर

स्याङ्जा – स्याङ्जामा आफ्नै श्रीमतीलाई मारेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

यहि भदौ १४ गते श्रीमानले आफ्नी श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको जानकारी पाएपछि स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका हुन् । घाइते भएकी मञ्जु दमैको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा भदौ १५ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुतलीबजार नगरपालिका वडा नम्वर ८ का ४० वर्षका गोपाल दमैले आफ्नी श्रीमती ४२ वर्षकी मन्जु दमैलाई मारेको आरोपमा भदौ १६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए । भदौ १७ गते थप अनुसन्धानका लागि म्याद थप गरेको उनले बताए ।

आरोपित गोपाललाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु भएको प्रवक्ता खनालले बताए ।