काठमाडौं – प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत भएको छ ।
प्रतिनिधि सभाको आईतबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई प्रस्तुत गरेका हो । उनले प्रतिनिधि सभामा बोल्दै संसदको कार्यकालको विषयलाई स्पष्ट पार्नका लागि विधेयक ल्याउनुपरेको बताए ।
उनले विधेयकले प्रतिनिधि सभाको कार्यकाल पहिलो बैठक बसेको मितिबाट शुरु हुने र नयाँ निर्वाचित भएर आएको प्रतिनिधि सभाको पहिलो बैठकबाट सकिने व्यवस्था गरेको उल्लेख गरे । उनले विधेयकले गरेको व्यवस्था संविधानले अगाडी सारेको सिद्धान्तलाई कार्यान्वयन गर्ने प्रयोजनले नै राखिएको स्पष्ट पारे ।
उनले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा अस्पष्टता रह्यो भने खतरा पैदा हुने बताए ।





प्रतिक्रिया