देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तिवारीलाई वेदप्रसाद लोहनी स्वर्णपदक

देशान्तर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्थापना गरेको ‘वेदप्रसाद लोहनी स्वर्ण पदक’ पुरस्कारबाट विद्यार्थी दिपेश तिवारी पुरस्कृत भएका छन् । उनलाई ५० हजार रुपैयाँ र प्रमाणपत्रबाट सम्मान गरिएको छ ।

प्रत्येक वर्ष इन्जिनियरिङ अध्ययन संस्थानको पुल्चोक क्याम्पसमा एम. एस्सी स्टक्चरल इन्जिनियरिङमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई यो पुरस्कार दिँदै आएको छ ।

शुक्रबार भएको कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा. शशीधरराम जोशीले एक समारोहमा तिवारीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा स्वर्गीय लोहनीको योगदान र उहाँको बहुआयामिक व्यक्तित्वबारे प्रा.डा. प्रेमनाथ मास्के, प्रा.डा. सुदर्शनराज तिवारी, प्रा.डा. भरत शर्मा र प्रा.डा. मोहनप्रसाद लोहनीलगायतले प्रकाश पारेका थिए ।

शुक्रबार वेदप्रसाद लोहनीको १०८ औं जन्मजयन्ती मनाइएको थियो । नेपाललाई सिमेन्ट ढलान युगमा लैजाने स्वर्गीय वेदप्रसाद लोहनी पहिलो नेपाली हुन् ।

यो कार्य उनले जुद्धशमशेरको पालामा ७७ वर्षअगाडि २००२ सालमा नेपालको पहिलो सिमेन्ट ढलान गरेको भवन सरस्वती सदनको निर्माणबाट सुरु गरेका थिए ।