देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश–१ का मुख्यमन्त्री राईलाई मातृशोक

देशान्तर

सुनसरी – प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ ।

मुख्यमन्त्री राईकी आमा ८४ वर्षीय धनकुमारी राईको आज (सोमबार) निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार बिहान राईको मृत्यु भएको हो ।

सोमबार विराटनगरमा श्रद्धाञ्जली दिएर अन्तिम दाह संस्कारका लागि भोजपुरको षडानन्द नगरपालिकामा लगिने मुख्यमन्त्री राजेन्द्र राईका राजनीतिक सल्लाहकार जीवन राईले बताए ।