देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड बागलुङ २ बाट सिफारिस

देशान्तर

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिफारिस गरेको छ।

बागलुङ क्षेत्र नम्बर २ (ख) समितिले दाहाललाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरूपमा सिफारिस गरेको माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जानकारी दिए।

दुई दिन अगाडिमात्रै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी डा आरजु राणा देउवालाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको थियो। त्यसलगत्तै माआवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको हो ।

यस क्षेत्रमा अघिल्लो पटक वाम गठबन्धनबाट शिक्षामन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जितेका थिए ।