देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिट बाँडफाँटमा कांग्रेस ८० र माओवादी ६० को वरिपरि सहमत हुने प्रचण्डको दाबी

देशान्तर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँटको विषय अन्तिम टुङ्गोमा पुगेको दाबी गरेका छन् ।

आज कैलालीको धनगढी पुगेका प्रचण्डले पत्रकारसँगको कुराकानीमा कांग्रेस ८० र माओवादी ६० को वरिपरि सहमत हुने समेत बताए ।

उनले भने,‘कांग्रेसको दाबी सय सिटमा भए पनि ८० वरपर र माओवादी ६० वरपर हुने गरी मिलाउने प्रयास भइरहेको छ, केही तलमाथि हुनसक्छ ।’ एकीकृत समाजवादीले २५ र जसपाले २५ दाबी गरेको आधारमा सबै पार्टीका प्रतिनिधि बसेर प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभा क्षेत्रसम्म एकसाथ टुङ्गोमा पुग्ने उनको भनाइ छ ।

सिट बाँडफाँटको अन्तिम टुङ्गो शीर्ष तहमा बसेर लगाउने पनि उनले जानकारी दिए । यसैबीच प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउनेबारेमा सरकार र गठबन्धनले त्यसलाई अगाडि नबढाउने निर्णय भएको बताएका छ ।

उनले यो प्रस्ताव आजै फिर्ता हुने समेत जानकारी दिए ।