देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि सुक्ष्म अनुसन्धान भैरहेको छ : प्रहरी

देशान्तर

काठमाडौँ – सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको काठमाण्डौ प्रहरी परिसरले जनाएको छ ।

आज विज्ञप्ति निकालेर काठमाण्डौ प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक नाबालिकाले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिए को जानकारी दिएको हो ।

हिजो प्रहरी वृत्त, गौशालामा जाहेरी दर्खास्त परेको प्रहरीले जानकारी दिएको छ । जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर ९ओसीएमसी० मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको विज्ञप्तिमा उल्लेख छ । पीडितले दिएको जाहेरीमा गएको भदौ ५ मा काठमाण्डौ र भक्तपुरको विभिन्न ठाउँमा घुमाउन लगेर राति काठमाण्डौको एक होटलमा पटकपटक बलात्कार गरेको उल्लेख छ ।

विभिन्न विधि र प्रविधिमार्फत जिल्ला प्रहरी परिसर, काठमाण्डौ र प्रहरी वृत्त गौशालाको संयुक्त टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । लामिछाने अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।