काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्नु पार्टीविरूद्ध हुने बताएका छन्।
कांग्रेस चितवन जिल्ला समितिले १०९ औं विपी जयन्तीको अवसरमा गरेको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले गठबन्धन पार्टीको हितमा रहेको जिकिर गरे । पार्टीको फाइदा हुने गरेर सिट बाँटफाँट गरिने भन्दै प्रधानमन्त्री देउवाले पार्टीलाई एक बनाउन लाग्न कार्यकर्तालाई आग्रह गरे ।
देउवाले केपी शर्मा ओलीको सरकारबाट आत्तिएर कार्यकर्ताले हटाउनु पर्यो भनेपछि गठबन्धन बनेको उनले बताए । एमसिसी पास भयो भने अमेरिकी सेना नेपाल आउँछ भनेर सरकार र गठबन्धनविरूद्ध षड्यन्त्र गरेकाले पार्टी एक ढिक्का भएर गलत कार्यको प्रतिकार गर्नुपर्ने देउवाको भनाइ थियो ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन निर्वनचनमा जाँदा कांग्रेसका केही साथीहरुलाई मर्का पर्ने भए पनि स्वीकार गर्नुपर्ने बताए ।





प्रतिक्रिया