देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झापामा राहदानीबाट वर्षमा आठ करोड ६५ लाख राजस्व

देशान्तर

काठमाडौं – झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए।

सो अवधिमा ११ हजार सात सय ४६ राहदानी बनाएको न्यौपानेले बताए । आव २०७७/७८ मा छ हजार एक सय ८८ राहदानी बनाएइको थियो । जसबाट राजस्व रु तीन करोड ३५ लाख ३६ हजार, आव २०७६÷७७ मा रु तीन करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको थियो ।

कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको सङ्ख्या बढेको हो। उनका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेका छन् ।