देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजनीतिक दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो हाेइन : नेता सिंह

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति दल खोल्न्नु नाङ्लो पसल राख्नु जस्तो नभएकाे बताएका छन् । आफ्नो नेतृत्वमा बनाएको दललाई एक दुई वर्ष टिकाउन नसक्नेहरुले काम गर्न नसक्ने उनकाे आरोप छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले पुरानाले केही गर्न सक्दैनन् भनेर आरोप मात्र लगाउनुनै योग्यतको प्रमाण मान्न नसकिने बताएका हुन् ।

नेता सिंहले भने, ‘राजनीति दल खोल्न्नु नाङ्लो पसल राख्नु जस्तो नयाँ दल खोलेर परिवर्तन गर्छु भन्ने को हालत के छ ?’ अहिलेको व्यवस्थामा भ्रष्टाचार बढ्यो भनेर आलोचना हुने गरेको भन्दै उनले यस्तो अमूर्त कुरा गरेर नहुने बताए ।