देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निलम्बित प्रधानन्यायाधीश राणाले आज पनि बयान दिँदै

देशान्तर

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज आइतबार पनि महाअभियोग सिफारिस समितिमा बयान दिँदै छन् ।

आइतबार साढे १२ बजे सिंहदरबार परिसरमा बस्ने सिफारिस समितिको बैठकमा उपस्थित भएर राणाले बयान दिने छन् । समितिले तयार पारेका ४२ वटा प्रश्न मध्ये राणाले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिएका थिए।

आइतबार भने राणालाई सोध्ने प्रश्नहरू पहिल्यै सोध्ने र त्यसपछि एकोहोरो जवाफ मात्रै सुन्ने गरी बयान लिने तयारी छ ।

राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोग दर्ता गराएपछि राणा निलम्बनमा छन् ।