देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शीर्ष नेता सबैको सम्पत्ति छानबिन गरौँ : धनराज गुरुङ

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका धनराज गुरुङले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेको छन्।

उनले त्यसको सुरुवात आफैंबाट गर्न आग्रह गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘राजनीतिक दलका उच्च नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ। त्यसको सुरुवात मबाटै गरियोस्।’

पछिल्लो समय राजनीति र नेताहरूबाट अत्यधिक भ्रष्टाचार तथा गुण्डागर्दीको ढाकछोप तथा संरक्षण भइरहेको भन्ने चौतर्फी आरोप आउने गरेका बेला नेताहरूको सम्पत्ति छानबिन गर्न सकेमा नेताहरूप्रति जनताको विश्वास बढ्नेछ। ​