देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अनाधिकृत संरचनामाथि महानगरले माछापोखरीमा डोजर चलायो

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाले बालाजुस्थित माछापोखरी क्षेत्रको अनाधिकृत संरचनामाथि डोजर चलाएको छ ।

गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरालाई डोजरले भत्काउने काम गरिरहेको प्रहरीले बताएको हो ।

महानगरभित्र निर्माण भएका अनाधिकृत संरचनाको विषयमा महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको नगर प्रहरी कार्यालय बालाजुले जनाएको छ ।