देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कीर्तिपुरमा प्रहरी र मिटरब्याजी पीडितबीच झडप

देशान्तर

काठमाडौं – कीर्तिपुरमा प्रहरी र मिटरब्याजी पीडितबीच आज (सोमबार) झडप भएको छ ।

उनीहरुले कीर्तिपुरमा गरेको प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेका पीडितहरू कीर्तिपुरमा बसेका थिए ।

प्रदर्शनमा सहभागी भएका करिब ६० जनालाई प्रहरीले पक्राउ गरेको हो । केही प्रदर्शनकारीहरु घाइते समेत भएका नगर प्रहरी कार्यालय कीर्तिपुरले जनाएको छ ।

पीडितहरू बसेकै स्थानबाट न्याय माग्दै आन्दोलन गरिरहेका छन् ।