देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

परराष्ट्रमन्त्री खड्का र चिनियाँ जनकंग्रेसका नेता लीबीच भेटवार्ता

देशान्तर

काठमाडौं – परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले शिष्टाचार भेटवार्ता गरेका छन्।

आज मङ्गलवार दिउँसो भएको भेटवार्तामा नेपाल र चीन दुवै देशका अन्य विशिष्ट कर्मचारीसहितको प्रतिनिधिमण्डल सहभागी थियो । खड्का र चान्सुले आपसी हितका विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्काले नेपाल–चीन नाकामा देखिएका समस्या समाधानतर्फ पनि चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सुको ध्यानाकर्षण गराएका हुन्।

सोमवार नेपाल भ्रमणमा आएका अध्यक्ष लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका छन् ।