देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेप्से ४७ अंकले बढ्यो, एक अर्ब ४५ करोडको सेयर किनबेच

देशान्तर

काठमाडौं – नेप्सेको उच्च बृद्धिले साताको चौंथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २१ अंकले बढेको नेप्से आज (बुधबार) पुन: ४७ दशमलव ४४ अंकले बढेर १९ सय ८१ दशमलव ४८ अंकमा चढेको छ ।

दुई सय २७ वटा कम्पनीहरुको ३१ हजार २३ पटकको कारोबारमा ४६ लाख १८ हजार पाँच सय १६ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ४५ करोड ३८ लाख २४ हजार ६ सय ५० रुपैयाँ पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव १९ अंकले बढेर तीन सय ८५ दशमलव ३६ अंकमा चढेको छ ।

नेप्सेमा बुधबार १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २४ दशमलव ४६ अंकले बढेर १३ सय ३८ दशमलव १३ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक एक सय ६० दशमलव ८९ अंकले बढेर तीन हजार ६ सय ४३ दशमलव ९४ अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक पनि ७८ दशमलव ६१ अंकले बढेर २२ सय ४९ दशमलव ३३ अंकमा चढेकोमा निर्जिवन बिमा समूहको सूचक एक सय १६ दशमलव ९६ अंकले बढेर सात हजार नौ सय ९१ दशमलव ४४ अंकमा चढेको छ ।

यसैगरी आज नविल बैंकको प्रतिकित्ता सात सय ९९ रुपैयाँ अन्तिम मूल्यमा ६ करोड ५१ लाख ६९ हजार तीन सय २८ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

जीवन बिमा समूहको सूचक एक सय ३३ दशमलव दुई अंकले बढेर नौ हजार तीन सय नौ दशमलव ९१ अंकमा चढेकोमा फाईनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहको सूचक बढेका छन् ।

नेप्सेमा आज ग्रिन डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ७३ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईसी एशिया फेल्क्सी क्याप फण्डको प्रतियुनिट सेयर मूल्य १० प्रतिशतले बढेर नौ रुपैयाँ अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।