देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

४ हजार ८४ जनाको नमूना परीक्षण गर्दा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौँ – पछिल्लो २४ घण्टामा एक सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार ८४ जनाको नमूना परीक्षण गर्दा एक सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप एक सय ३० जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई हजार एक सय ९९ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना विरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।