देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

देशान्तर

सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस तीन जनाविरुद्ध संसदीय सुनुवाइका लागि उजुरी आह्वान भएको छ ।

संसदीय सुनुवाइ समितिले सार्वजनिक सूचना जारी गरेर न्यायाधीशमा सिफारिस नीता गौतम दीक्षित, विनोद शर्मा र दिननाथ पराजुलीविरुद्ध सात दिनभित्र उजुरी दिन भनेको हो ।

न्यायपरिषद्को‍ २१ भदौको बैठकले दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र एक जना अधिवक्तालाई सर्वाेच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले सिफारिस गरिएकाहरूलाई ‘न्यायाधीशमा नियुक्ति गर्नु ठिक छैन भन्ने कसैलाई लागेमा कार्यालय समयभित्र ७ असोजभित्र उजुर दिन’ भनेको छ ।

न्यायपरिषद्‍ले गरेको सिफारिस संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने प्रावधान छ ।