देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज संघीय संसदका दुवै सदनको बैठक

देशान्तर

काठमाडौं – संघीय संसदको दुवै सदनका बैठक आज बिहीबार बस्दैछ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो २ः५९ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७र०७८ वार्षिक प्रतिवेदन पेस गर्ने र पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ पारित गरियोेस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बिहीबार नै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधायन समितिको प्रतिदेवनसहित पशु तथा पशुसेवा परिषद् विधेयक छलफल गर्नेछन् ।
छलफल सकेपछि विधयेक पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।