देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गठबन्धनबीच सिट बाँटफाँटमा कुनै समस्या छैन :  नेता खनाल

देशान्तर

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले गठबन्धनबीच सिट बाँटफाँटमा कुनै समस्या नरहेको बताएका छन् ।

बिहीबार इलामको सूर्योदय नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त र बालश्रममुक्त नगर घोषणा कार्यक्रममा उनले गठबन्धन टुटाउन षड्यन्त्र गर्नेहरुले समस्या देखाएको आरोप लगाए ।

उनले अहिलेको निर्वाचनमा गठबन्धनले इमान्दारीता देखाउने पनि बताए । गृह जिल्ला पुग्नु भएका खनालले इलाममा पनि गठबन्धको जित सुनिश्चित भएको बताए ।

५८औँ बाल दिवसको अवसर पारेर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गरेको हो । उनले बालबालिका भविष्यका कर्णधार भएकाले बालबालिकामैत्री शासन हुनु राम्रो भएको पनि उल्लेख गरे । खनालले बालबालिका संरक्षणको भूमिका राज्यको हुने पनि बताए ।

५१ वटा सूचक पूरा गर्दै बालमैत्री स्थानीय शासन घोषणा गरिएको नगरपालिकाले जनाएको छ । प्रदेश १ को बालमैत्री स्थानीय शासन घोषणा गर्ने सूर्योदय नगरपालिका तेस्रो स्थानीय तह रहेको बताईएको छ ।