काठमाडौँ – वर्षासँगै पहिरो खसेपछि अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड एकतर्फी खुलेको छ ।
सडक भिडिजन कार्यालयको पहलमा पहिरो हटाएर एकतर्फी सडक खुलाइएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार ढुंगा पन्छाएर हालका लागि एकतर्फी सवारी पास गरिएको र दुईतफी सडक खुलाउने पहल भइरहेको छ ।
यस्तै सोही राजमार्गको बर्तुङ्ग राम्दी सडक खण्ड अन्तरगत रम्भा ३ को सेरामा भने हालसम्म पनि सडक अवरुद्ध छ । लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको र सडक सुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
राजमार्गको तिनाउ ५ स्थित हिउँदे खोलामा पुनः सडक भासिएको छ ।
यसअघि पूर्ण रुपमा सडक भासिएर बनाइएको नयाँ डाइभर्सनन पनि केही भासिएको र निरन्तर पानी परेमा माथिबाट समेत पहिरो खस्ने जोखिम रहेको ट्राफिक प्रमुख मल्लले बताए ।





प्रतिक्रिया