देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनमा सात मिटरब्याजी विरुद्ध जिल्ला प्रहरीमा मुद्दा दर्ता

देशान्तर

चितवन – जिल्ला प्रशासन कार्यालयले सात मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरेको छ । आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ताका लागि फाइल पठाइएको छ ।

दुईपक्षीय सहमति हुन नसकेपछि ती मुद्दालाई प्रहरी कार्यालय पठाइएको प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए । उनका अनुसार परेका निवेदनमध्ये अहिले अन्य पाँचवटा मद्दा छलफलमा छन् । ती उजुरीमा पक्ष र विपक्षीको बयान लिने काम जारी छ भने अन्य उजुरीको विषयमा सम्बन्धित व्यक्तिलाई बोलाउने क्रममा रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जिल्ला प्रशासनबाट आएका फाइलको कानुनी प्रक्रिया सुरु गरिएको बताए । उनले भने, ‘अनुसन्धान सुरु गरिएको छ । कुन कानुन आकर्षण हुन्छ । सरकारी वकिलसँगको परामर्शमा छौँ ।’ जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीका विरुद्धमा २२ वटा उजुरी परेको छ ।