देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसदको कार्यकाल ५ वर्ष पूरा

संसदको कार्यकाल आज राति १२ बजेसम्म, बैठक बस्दै

देशान्तर

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको कार्यकाल आज सकिने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले संसदको कार्यकाल ५ वर्ष पूरा भएको निर्णय गरेसँगै कार्यकाल पूरा हुन लागेको हो ।

आज मध्यरातिदेखि संसदको ११ औं अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ ।

सरकारको सिफारिस पछि राष्ट्रपति भण्डारीले संसद अन्त्यको पत्र पठाएकी छन् ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नुअघि नै प्रतिनिधि सभाको समयावधि सकिने प्रावधान छ ।

मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आइतबार र सोमबार बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ ।

संसदको अन्तिम बैठक आज दिउँसो १ बजे बस्ने छ । आजको बैठक अन्तिम हुने छ ।